आज : २०२६-०७-१०, शुक्रबार

मोरङको रंगेलीमा जनमत पाटीको माटो यात्रा सम्पन्न

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसको खेल मैदानमा जनमत पाटीले माटो यात्रा कार्याक्रम गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पाटीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय उपाध्यक्ष अब्दुल खान, जिल्ला सदस्य माधब बिक्रम साह, नगर अध्यक्ष रुपेश यादव लगायतको उपस्थिति समेत रहेको थियो । 

कार्यक्रममा २०५७ सालदेखि नेकपा एमालेमा क्रियाशिल रुपमा रहेका मनोज साह  एमाले  परित्याग गरि जनमत पाटीमा प्रवेश गरेका छन ।  अन्य विभिन्न पाटी परित्याग गरी जनमत पाटीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष सिके राउतले फुल माला लगाएर स्वागत गरेका थिए ।