News Portal

  • मेचीनगरको मेयरमा प्रदेश सांसद उठ्ने भएपछि रुँदै एमाले छाडे घिमिरेले

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    झापा – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि झापा जिल्लाको मेचीनगर नगरपालिकाको मेयर पदको टिकट नपाएपछि एमाले नेता डिल्लीराम धिमिरेले रुँदै पार्टी छाडेका छन्।

    एमाले झापा जिल्ला कमिटी सदस्यसमेत रहेका नेता डिल्ली घिमिरेले मेचीनगर नगरपालिकाको मेयरको टिकट दाबी गरेका थिए। तर उनलाई एमालेको मेचीनगर कमिटीले मेयरका रुपमा सिफारिस नै गरेन। मेचीनगर कमिटीले मेयरका लागि उनको नाम जिल्ला कमिटीलाई सिफारिस नगरेपछि एमालेबाट उनले बिदा लिएका हुन्। 

    उनले लेखेका छन् ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपीथपी जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुटबन्दीका नाइकेहरूसँग बसिरहन मिलेन, ‘पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिदेखि एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ। मलाई माया गर्नुहुने सबै मित्रहरूसँग क्षमा चाहान्छु।’

    उनले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको गुनासो गरेका थिए। त्यसक्रममा उनले आफूलाई केही नेताहरूले निरन्तर पेल्दै अवसर नदिएको बताए। उनले पत्रकार सम्मेलनमै रुँदै पार्टी छाड्ने अवस्थामा पुर्‍याएको भनेर चित्त दुखाए। पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका घिमिरेले तत्काल अरु पार्टीमा नजाने बताएका छन्। 

    तर एमालेमा नरहे पनि आफूले समाजका लागि योगदान दिइरहने पनि घिमिरेले बताएका छन्। एमालेले केही दिनअघि मेचीनगरका लागि स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो मतदानबाट लगाएको थियो। मेचीनगरमा भएको आन्तरिक निर्वाचनमा प्रदेश १ का सांसदसमेत रहेका गोपाल बुढाथोकीले पहिलो मत पाएका थिए। 

    मेचीनगरको मेयर पदका लागि भएको आन्तरिक निर्वाचनमा मतभारका आधारमा सबैलाई उछिनेर सांसद बुढाथोकी पहिलो भएका थिए। मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकडभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी आकांक्षी थिए। 

    मेचीनगरको उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी थिए ।पार्टीको विधान अनुसार उपमेयरमा २ महिला र १ जना पुरुषसहित ३ जनाको नाम सिफारिस गर्नुपर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...