News Portal

गठबन्धनलाई ओलीको व्यंग्य: पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘खैजडी सरकार’को उपमा दिँदै वैशाख ३० गते हुने स्थानीय तहको चुनाव रोक्ने कोसिश गरिरहेको आरोप लगाएका छन्।

सोमबार बझाङको चैनपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अध्यादेश र नक्कली कानुन ल्याएर सरकारले चुनाव सार्न र  जनप्रतिनिधिविहीन अवस्थामा देशलाई पुर्याउन खोजेको भन्दै आरोप लगाएका हुन्।

‘यो सरकारले अजम्बरी बुटी पाएको नसम्झे हुन्छ। एमालेले चाहे सात दिनमै यसको जरा उखेर फाल्न सक्छ। तर अहिले चुनाव विथोल्ने निहुँ नपाऊन् भनेर चुप लागेका छौं ओलीले भने। 

अघिल्लो स्थानीय चुनावमा पनि बझाङमा कांग्रेस–माओवादी मिले पनि एमाले एक्लैले आठ पालिकामा जितेको थियो भने एकमा उपप्रमुख जितेको थियो। अहिले पनि पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो नहुने भन्दै ओलीले गठबन्धनलाई व्यंग्य गरे। 

उनले एमालेबाहेक मधेशमा अरू पार्टी देखिने छोडेको दाबी गरे।

नगरपालिकाका मेयर/उपमेयर, वडा अध्यक्षहरू समेत एमालेमा आउन थालेका उनले बताए। ‘अब पहाड मात्र होइन मधेश पनि एमालेको हो, पूर्व पनि, पश्चिम पनि जता गयो एमालेको हो,’ उनले भने।

आगामी निर्वाचनपछि माओवादी केन्द्र ‘केन्द्र’ मात्रै बाँकी रहने ओलीको भनाइ छ। अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता दिन नसक्ने अवस्थामा अर्थतन्त्त पुर्याएको उनले दोहोर्‍याए। ‘हामी कर्मचारीको तलब कोभिडका बेला पनि बढाएका थियौं तर अहिले देशको अवस्था सेना, प्रहरी, शिक्षकलाई तलब दिन नसक्ने भएको छ । विकास, बाटा, अस्पताल निर्माण रोकिएको छ। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...