News Portal

कोइरालाको चुनाव खर्च : आयोगमा-२१ लाख ७५ हजार, उनको दाबी-६ करोड

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं – कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च पछिल्लो समय बाझिएको छ । गत विस २०७४ सालको निर्वाचनमा उनले चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएका उनले गत शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको अभिब्यक्ति दिएका थिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने भएको हो ।

निर्वाचन आयोगको सोमबार बस्ने बैठकले कोइरालालाई ‍यसबारे थप प्रष्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारीमा गरेको स्रोतले जनाएको छ। ‘हिजो पनि यही विषयमा आयोगमा छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘आज भने पत्र पठाउने निर्णय गर्न लागेका छौं ।’

नेता कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताउदै अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको वृतान्त कथा सुनाएका थिए ।

नेता कोइरालाले ‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावको मेरो खर्च ८० हजार मात्र थियो,। दोस्रो चुनावमा त्यो तीन करोडमा बृद्धि भयो। गएको चुनावमा त ६ करोड रुपैयाँ खर्च भयो। ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो? अब कसले चुनाव लड्न सक्छ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड तयारी गर्ने अवस्था छ ।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...