News Portal

  • कोइरालाको चुनाव खर्च : आयोगमा-२१ लाख ७५ हजार, उनको दाबी-६ करोड

    हिमालीसंचार संवाददाता
    २१० पटक

    काठमाडौं – कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च पछिल्लो समय बाझिएको छ । गत विस २०७४ सालको निर्वाचनमा उनले चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएका उनले गत शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको अभिब्यक्ति दिएका थिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने भएको हो ।

    निर्वाचन आयोगको सोमबार बस्ने बैठकले कोइरालालाई ‍यसबारे थप प्रष्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारीमा गरेको स्रोतले जनाएको छ। ‘हिजो पनि यही विषयमा आयोगमा छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘आज भने पत्र पठाउने निर्णय गर्न लागेका छौं ।’

    नेता कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताउदै अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको वृतान्त कथा सुनाएका थिए ।

    नेता कोइरालाले ‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावको मेरो खर्च ८० हजार मात्र थियो,। दोस्रो चुनावमा त्यो तीन करोडमा बृद्धि भयो। गएको चुनावमा त ६ करोड रुपैयाँ खर्च भयो। ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो? अब कसले चुनाव लड्न सक्छ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड तयारी गर्ने अवस्था छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...