News Portal

धरानमा एमालेबाट मेयरका ११ र उपमेयरका ६ जना आकांक्षी

हिमालीसंचार संवाददाता
२०९ पटक

धरान – नेकपा एमाले धरान उपमहानगर कमिटी आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरको उम्मेदवारका लागि आकांक्षी रहेकाहरुको नाम सिफारिस गरेको छ।

नेकपा एमाले धरानको आइतबार बसेको बैठकले मेयरका ११ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । उपमेयरको उम्मेदवारका आकांक्षी रहेका ६ जनाको नाम पनी सिफारिस गरेका छन्।

नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्ने प्रयास गरिएको थियो। अन्तिम समयसम्म पनी सहमति जुट्न नसकेपछि आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

नेकपा एमालेबाट धरानको मेयरमा आकांक्षीहरु मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केका नाम सिफारिस गरिएको हो। 

मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी हाल उपमेयर छिन् भने मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन् । यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला जिल्ला कमिटी सदस्य छन् भने तीर्थ मास्के पुर्वजिल्ला कमिटी सदस्य हुन्।

त्यस्तै, उपमेयरमा उम्मेदवारका आकांक्षीहरु शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिस गरिएका छ। पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन्। उपमहानगर कमिटीबाट सिफारिस भएका उम्मेदवारका आकांक्षीहरुको नाम जिल्ला र प्रदेश कमिटीले काँटछाट गरेर केन्द्रमा सिफारिस गर्ने एमाले नेताहरु बताएका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...