News Portal

इटहरीका मेयर चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

हिमालीसंचार संवाददाता
४०७ पटक

काठमाडौं – नेकपा एमालेको उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ ।

यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको स्रोतले जनाएको छ । 

एमालेले यसअघि सिफारिस गरेका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरेको नाम रहेको थियो। 

उपमेयरमा पनि ६ जनाको नाम पछि थप भएको छ । यसअघि अम्बिका चौधरी, गायत्री चौधरी, कमला श्रेष्ठ र संगीता चौधरीको नाम थियो । पछि थप भएका नामहरूमा अमला श्रेष्ठ, विष्णु शर्मा नेपाल, अनिता शर्मा, रामचरण चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल रहेका श्रोतले जानकारी दिए। 

पछिल्लो राजनीतिक धटना परिधटनाले रुप परिवर्तन गरेका कारण इटहरी नगरमा राम्रो छवि बनाउन कुशल नेता भएको हुनाले समितिले चौधरी सिफारिस गरेको बताईन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...