News Portal

इटहरीका मेयर चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौं – नेकपा एमालेको उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ ।

यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको स्रोतले जनाएको छ । 

एमालेले यसअघि सिफारिस गरेका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरेको नाम रहेको थियो। 

उपमेयरमा पनि ६ जनाको नाम पछि थप भएको छ । यसअघि अम्बिका चौधरी, गायत्री चौधरी, कमला श्रेष्ठ र संगीता चौधरीको नाम थियो । पछि थप भएका नामहरूमा अमला श्रेष्ठ, विष्णु शर्मा नेपाल, अनिता शर्मा, रामचरण चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल रहेका श्रोतले जानकारी दिए। 

पछिल्लो राजनीतिक धटना परिधटनाले रुप परिवर्तन गरेका कारण इटहरी नगरमा राम्रो छवि बनाउन कुशल नेता भएको हुनाले समितिले चौधरी सिफारिस गरेको बताईन्छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...