News Portal

धादिङमा गठबन्धन भित्रका दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने

हिमालीसंचार संवाददाता
३०५ पटक

धादिङ – धादिङमा गठबन्धन भित्रका चार दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । शुक्रवार बसेको गठबन्धन दलका प्रमुख नेताहरुको बैठकले जिल्लाको वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्। संयुक्त बैठकले जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समितिसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा एकिकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीले जानकारी दिए ।  धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेको छ ।

त्यस्तै आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदलसमेत गठन गरेको उनले बताए । बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्नेसहित बिभिन्न ८ बुँदे निर्णय गरेको छ । गठबन्धन दलहरुबीच आरोप पत्यारोप नगर्न र गठबन्धन भित्रका एक अर्को दलका नेता कार्यकर्ताहरु, सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

बैठक नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको थियो भने बैठकमा माओवादी केन्द्रबाट नेता तथा मन्त्री शालिकराम जम्कटेल, एकीकृत समाजवादीबाट केन्द्रीय उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उपमहासचिव डा.गंगालाल तुलाधर, पोलिटव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटी, जनता समाजवादीबाट राजु नेपाल लगायत चारै दलका प्रभावशाली नेताहरुको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...