News Portal

लुम्बिनी प्रदेशमा गठबन्धनबीच तालमेल गर्ने सहमति

हिमालीसंचार संवाददाता
२०५ पटक

काठमाडौं – लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ। यसअघि नेकपा एकीकृत समाजवादीका प्रतिनिधि विना गठबन्धनका दलहरूको बैठक बसेको भए पनी अन्तत् सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको हो।

बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्। आगामी ‘वैशाख ३० गते हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, लुम्बिनीका १ सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ। जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन्। अब अर्को बैठक चैत २७ मा बस्ने सहमति भएको छ।

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणी चौधरी, जसपाका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका प्रदेश उपाध्यक्ष बद्री आलम उपस्थित थिए।बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै लैजाने उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...