News Portal

लुम्बिनी प्रदेशमा गठबन्धनबीच तालमेल गर्ने सहमति

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ। यसअघि नेकपा एकीकृत समाजवादीका प्रतिनिधि विना गठबन्धनका दलहरूको बैठक बसेको भए पनी अन्तत् सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको हो।

बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्। आगामी ‘वैशाख ३० गते हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, लुम्बिनीका १ सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ। जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन्। अब अर्को बैठक चैत २७ मा बस्ने सहमति भएको छ।

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणी चौधरी, जसपाका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका प्रदेश उपाध्यक्ष बद्री आलम उपस्थित थिए।बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै लैजाने उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...