News Portal

निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धतामा हस्ताक्षर गर्न एमालेले गर्यो अस्वीकार

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं। निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाए कांग्रेसको प्रचार गरेको आरोप लगाउँदै आएको नेकपा एमालेले निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

आचारसिंहताबारे राजनीतिक दलबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्न प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार आयोगले बोलाएको थियो।

आयोग पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले हस्ताक्षर गरे पनि एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको हो।

आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले विरोध गरेपछि अवस्था तनावपूर्ण भएको भन्दै एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको हो।

आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग मंगलवार निर्वाचन आचारसंहिता छलफल गरेको थियो।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...