News Portal

उर्लाबारीका मेयर फागोले सरकारी गाडी फिर्ता, दुई महिनाको सेवा सुविधा समेत नलिने धोषणा

दुई महिनाको तलब भत्ता नलिने अरूलाई पनि नदिने निर्देशन

हिमालीसंचार संवाददाता
३०९ पटक

उर्लाबारी – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सस्तो लोकप्रियता कमाउनकै लागि विभिन्न घोषणा गरिरहेको अबस्थामा उर्लाबारीका मेयर खड्ग फागोले पनी सरकारी गाडी फिर्ता गरेका छन्।

मेयर फागोले पार्टीका कार्यकर्ता, जनप्रतिनिधि, सर्वसाधारणलाई समेत राखेर पत्रकार बिच चैत्र २० गतेदेखि सबै सेवा सुविधा नलिने प्रतिबद्धता व्यक्त गर्दै आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको सरकारी गाडी फिर्ता दिने घोषणा गरेका हुन्। 

मेयर फागोले आफूले मात्र हैन नगरका सबै जनप्रतिनिधिहरूलाई आफूले खाई पाई आएको सबै सेवा सुविधा, तलब भत्ता, सवारी साधन फिर्ता गर्न निर्देशन समेत दिए । उनले चैत र वैशाख दुई महिनाको सेवा, सुविधा, तलब, भत्ता सबै रोक्न कार्यकारी प्रमुखलाई निर्देशन समेत दिएका छन् ।  उपमेयर, वडाध्यक्ष, वडा सदस्य सबैको रकम भुक्तानी नगर्न लेखा प्रशासनलाई समेत उनले निर्देशन दिईसकेको जानकारी गराएका छन् । 

नगरप्रमुखको यस्तो निर्णय चुनाव आउने बेलामा आएका कारण धेरैले मेयरको यो घोषणा सस्तो लोकप्रियताको लागि मात्रै भएको टिप्पणी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...