News Portal

नेकपा एमाले कसैसँग गठबन्धन गर्दैन, एक्लै लड्छ : भट्टराई

एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी सिट जित्छ

हिमालीसंचार संवाददाता
३५६ पटक

खोटाङ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख ३० हुने स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताएका छन् ।

खोटाङको ऐसेलुखर्कमा आज युवा संघले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संसदीय दलका प्रमुख सचेतक भट्टराईले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ, एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौं भन्नुभएछ,’ भट्टराईले भने, ‘पाँच वटा दलले पुग्दैनभने प्रधानमन्त्रीज्यू अरु पनि छरिएका कोही छन् भने मिलाउनुस्, एमाले एक्लै लड्छ ।’

संसदीय दलका प्रमुख सचेतक भट्टराईले नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिए पनि स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी सिट जित्ने दाबी गरे । एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट नमाग्ने प्रष्ट पारेका हुन्। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...