News Portal

देशको विकास गर्ने पार्टी एमाले मात्र होः केपी ओली

“खोटाङको हलेसी पुगेका ओलीले दुई लाख नगद सहयोग!”

हिमालीसंचार संवाददाता
२७० पटक

खोटाङ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्जलको खोटाङ जिल्ला स्थित हलेसी महादेव जर्शन पछि नेकपा एमाले खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शनिबार खोटाङ जिल्ला पुगेका छन्।

अध्यक्ष ओलीले “नेपालमा सामाजिक सुरक्षा भत्ता दिन नेकपा एमालेले सुरु गरेको हो, कर्मचारीको तलब बृद्धि गर्ने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरीब सम्झीने पार्टी भनेको एमाले मात्रै हो ।” समृद्ध नेपाल निर्माण गर्दैगर्दा अब सरकार सधै एमालेले मात्र बनाउने भयो भनेर बिरोधीहरुले जालझेल गरेर सरकारबाट आफुलाई हटाएको उनले बताए । 

उनले थप भने; तर, देशै भरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाइ थियो।  वि.स. २०५१/५२ सालमा पनि अदालतले एमालेको सरकार ढालेको तर पुनः एमाले जनताको मतले सरकारमा आएजस्तै अव पनि एमालेलाई जनताले सरकारमा ल्याउने अध्यक्ष ओलीले बताए ।

हेलीकप्टर चडेर सवा १२ बजे खोटाङ जिल्लाको हलेसीमा धर्मपत्नी राधिका शाक्य, एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री राम बहादुर थापा, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतहरुसँग आएका थिए । हेलीकप्टरबाट उत्रनेबित्तिकै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिरको दर्शन गरेका थिए ।

हलेसी मन्दिरको दर्शन पश्चात पत्रकार सम्मेलनमा हलेसीको विकासकोलागि गुरु योजना आफ्नो कार्यकालमा निर्माण शुरु गरिएको अब त्यसको कार्यन्वयनका लागि एमालेले सहयोग गर्ने बताएका ओलीले हलेसी मन्दिर व्यवस्थापन, प्रवद्धनका लागि दुई लाख नगद सहयोग समेत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...