News Portal

खड्का र खाँणले पाए पार्टी र सरकारको कार्यबाहक जिम्मेवारी

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं। नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन्। आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन्।

उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन्। सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालने छन्।

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार !

प्रधानमन्त्री शेरबहादुर देउवा आज भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणले प्राप्त गरेका हुन्।

तीन दिने भारत भ्रमणको क्रममा रहेकोले प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार खाँणलाई सुम्पिएको हो। देउवाको सिफारीसमा खाँणलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...