News Portal

  • खड्का र खाँणले पाए पार्टी र सरकारको कार्यबाहक जिम्मेवारी

    हिमालीसंचार संवाददाता
    ३१७ पटक

    काठमाडौं। नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन्। आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन्।

    उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन्। सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालने छन्।

    गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार !

    प्रधानमन्त्री शेरबहादुर देउवा आज भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणले प्राप्त गरेका हुन्।

    तीन दिने भारत भ्रमणको क्रममा रहेकोले प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार खाँणलाई सुम्पिएको हो। देउवाको सिफारीसमा खाँणलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...