News Portal

दिल्लीको सडकका चोकचोकमा प्रधानमन्त्री देउवा र मोदीको तस्बिर

हिमालीसंचार संवाददाता
३२८ पटक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वागत गर्दैछ। असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा भारतको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्।

नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर देउवाको पहिलो भ्रमण भने जलवायु सम्मेलनका क्रममा बेला हुँदै स्कटल्यान्डमा भएको थियो।

पटक पटकको पहलपछि देउवाको दिल्ली भ्रमण सम्भव भएको थियो। यसअघि स्कटल्यान्डमा भएको सम्मेलनमा मोदीसँगको भेटमा तत्कालै दिल्ली जाने कुरा थियो। तर बल्ल देउवाको दिल्ली यात्रा जुरेको हो। देउवा केही बेरअघि ५० जनाको टोलीसहित दिल्लीतिर लागेका छन्।

उनी पुग्नुअघि अहिले दिल्लीका मुख्य सडकका चोकमा उनको स्वागतमा तस्विरसहितका पोस्टर सजाइएको छ। ति पोस्टरमा देउवासँगै समकक्षी मोदीका पनि तस्बिर राखिएका छन्। यससँगै दिल्लीका सडकमा पोलहरुमा नेपाल र भारतमा झण्डा पनि फहराइएका छन्।

देउवाको स्वागतका लागि इन्डिया गेट, चानक्यपुरी, राष्ट्रपति निवास क्षेत्रसहितका सडकमा चोक चोकमा तस्बिर र झण्डा सजाइएको हो।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...