News Portal

स्थानीय चुनाव तालमेल गर्ने सत्तारूढ पाँच दलको औपचारिक निर्णय

हिमालीसंचार संवाददाता
२३९ पटक

काठमाडौं – आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलले निर्णय गरेका छन्।आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले पाँचदलीय गठबन्धन एकढिक्का भएर चुनावमा जाने निर्णय गरेका हुन्।

आजको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन एकढिक्का भएर स्थानीय चुनावमा जाने निर्णय भएको बताए।

आगामी ‘वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनका दल तालमेल गरेर अघि बढ्ने निर्णय भयो,’ उनले भने। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनावमा जान तयार भएका हुन्।

उनकाअनुसार गठबन्धन गर्नेबारे प्रदेशदेखि पालिकासम्म दलहरूका प्रमुख रहेको संयन्त्र बनाउने निर्णय पनि भएको छ।दलहरूले महानगरको टिकट भने केन्द्रबाट नै टुंग्याउनेमा सामान्य छलफल गरेका थिए। साथै गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणबारे पनि कुराकानी भएको थियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...