News Portal

खोटाङ जिल्लामा गठबन्धन कायम राख्ने सहमती

हिमालीसंचार संवाददाता
३०२ पटक

खोटाङ – खोटाङ जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायम राख्ने सहमती गरेका छन् । खोटाङ जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल नेकपा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।

आगामी ३० बैसाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमती गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले हिमालीसंचारडटकमसंग बताए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको समेत बताईन्। 

जिल्लामा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाहरु रहेका छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय भएको छैन्।

जिल्लाका नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने समेत जनाएको छ। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल हुदै गर्दा गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको हो,’ इन्चार्ज चाम्लिङले थप भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ ।

गठबन्धनको ठोस निर्णयका लागि निरन्तर बैठक जारी रहने छ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ ।’ गठबन्धन दलको बैठकले आगामी चैत १९ गते जिल्लाका ७९ वटा रहेका सबै वडामा अन्तरक्रीया तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...