News Portal

खोटाङ जिल्लामा गठबन्धन कायम राख्ने सहमती

हिमालीसंचार संवाददाता
२४९ पटक

खोटाङ – खोटाङ जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायम राख्ने सहमती गरेका छन् । खोटाङ जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल नेकपा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।

आगामी ३० बैसाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमती गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले हिमालीसंचारडटकमसंग बताए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको समेत बताईन्। 

जिल्लामा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाहरु रहेका छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय भएको छैन्।

जिल्लाका नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने समेत जनाएको छ। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल हुदै गर्दा गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको हो,’ इन्चार्ज चाम्लिङले थप भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ ।

गठबन्धनको ठोस निर्णयका लागि निरन्तर बैठक जारी रहने छ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ ।’ गठबन्धन दलको बैठकले आगामी चैत १९ गते जिल्लाका ७९ वटा रहेका सबै वडामा अन्तरक्रीया तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...