News Portal

“माओबादी’ र ‘एस” पाटीले एक सिट मात्र ल्याए सबै सम्पत्ति दिएर वृन्दावन जान्छु : दुर्गा प्रसाईँ

हिमालीसंचार संवाददाता
२१० पटक

काठमाडौं –  बिगतमा दुई ध्रुवमा विभाजित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एकै ठाउँमा ल्याउन आफ्नै घरमा काँसको थालमा मार्सी चामलको भात खुवाएपछि एकाएक चर्चामा आएका व्यवसायी दुर्गा प्रसाईँलाई अहिले चर्चामा आएका छन्।

चाहे पत्रकार सम्मेलनमा उनले बोलेका शब्दावली हुन् या त सार्वजनिक फोरममै उनले बोल्ने गरेका भाषाले पनि उनलाई जहिले पनि चर्चा र केही विवादमा ल्याई नै रह्यो । अहिले उनी नेकपा एमालेको केन्द्रीय सदस्य पनि हुन् । कुनै बेला माओवादी केन्द्र तिर ढल्किएका यिनै दुर्गा प्रसाईँ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

झापाको बिर्तामोडमा बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटल संचालन गरिरहेका व्यवसायी दुर्गा प्रसाईँ भन्दा पनि बढी मार्सी चामल भनेर चिनिन थालेपछि उनले उक्त आलोचनात्मक वाक्यलाई ब्राण्डनै बनाउने भन्दै मार्सी ब्रान्डको बियरको समेत व्यावसायिक उत्पादन सुरु गरेका थिए ।

यस्तै, पछिल्लो अवस्थालाई हेर्ने हो भने तिनै व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरको सूर्य विनायकमा बुधवारदेखि सूर्य विनायक हरित कृषि तथा थोक बजारको सुरुवात गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर उनले तरकारी बजारको उद्घाटन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राम्रै मान्ने यिनै व्यवसायी तथा नेता प्रसाईँले आज आफ्नै तरकारी बजारको उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो मन्तव्यको अधिकांश समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतालाई गाली गर्दै स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक सिटमात्र जितेमा आफ्नो पुरै सम्पति उनीहरुको नाममा दिएर आफु विन्द्रवन जाने बताएका थिए। 

उनी बोल्दा बोल्दै साह्रै हौसिने दुर्गा प्रसाईँ आज पनि निक्कै हौसिएको प्रस्टै देखियो । उनले हौसिएर यतिसम्म भन्न भ्याए कि आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी वा माओवादी केन्द्रले एक सिट मात्र ल्याए आफ्नो सम्पूर्ण सम्पत्ति उक्त पार्टीकै नाममा यही बोलीको आधार मानेर सबै सम्पति नामसारी गरिदिने उल्लेख गरेका थिए। उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाटै अन्य पार्टीलाई गाली गर्दै प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट मात्र ल्याए आफ्नो सबै सम्पत्ति परित्याग गरेर भारतको वृन्दावन गएर बस्छु भन्न समेत भ्याए ।

उने दुई पाटीलाई आफ्नो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्ने समेत बताए । प्रसाईँले सूर्यबिनायकमा ४४ सय मानिसलाई रोजगारी हुने गरी थोक तरकारी बजार सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।

उनको तरकारी बजार उद्घाटन गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि के कम ? दुर्गा प्रसाईँले बालेको आगोमा घ्यु थपेझैँ ओलीले पनि अझ हौसिएर आफ्नो पार्टी चाहिँ १ क्विन्टलको ढक भएको र माओवादी र नेकपा एकीकृत समाजवादीलाई भने १ किलोको ढक  भएको सम्म भन्न भ्याएका थिए। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...