News Portal

नेकपा एमालेका नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जसपा नेपाल प्रवेश

हिमालीसंचार संवाददाता
२१० पटक

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जनता समाजवादी पार्टी, नेपाल जसपामा प्रवेश गरेका छन् ।

जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै उनी जसपामा प्रवेश गरेका हुन् । उनले पार्टी प्रवेशसँगै आफू पार्टीको हितका लागि डटेर लाग्ने बताए । एमालेमा रहुन्जेल गरेका कामको समिक्षा पार्टीले नगरेको उनको गुनासो थियो ।

उनलाई जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जसपाले मात्रै मुलुक र जनताको पक्षमा काम गर्न सक्ने पाटी भएको बताए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...