News Portal

मोरङ जिल्लामा कांग्रेसले थाल्यो “घर-घर जाउ, कांग्रेस जिताऔ अभियान”

हिमालीसंचार संवाददाता
२७७ पटक

लेटाङ – स्थानीय तह निर्वाचनको तयारीका लागि स्थानीय तहमा नेपाली काग्रेसका कार्यकर्ता ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस केराबारी गाउँपालिकाले आज एक कार्यक्रम गरेको  छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रिय सभापति एवं लेटाङ नगरपालिका नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार ७५३ वटै स्थानीय तहमा यस्ता कार्यक्रम सुचारु भैरहेको सभापति राइले जानकारी दिएका थिए। 

नेपाली कांग्रेसले गरेका हरेक कामहरुको जनताको घर घर पुगेर  जनतालाई बुझाउन गर्न आग्रह गरेका नगर प्रमुख राईले जनताका समस्या बुझ्नका लागि जनताकै घर पुग्नुपर्ने बताएका थिए। 

आयोजित कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की, नेपाल महिला संघ केन्द्रीय सदस्य शोभा चेम्जोङ पालुङवा लगायतले सम्बोधन गरेका थिए  

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...