News Portal

मोरङ जिल्लामा चुनावी रौनक, गाउँ-घरमा नेताहरुको चहलपहल शुरु

हिमालीसंचार संवाददाता
२७५ पटक

रबिन्द्र बराल/मोरङ – स्थानीय निकायको निर्वाचन बैशाख ३० गते हुने भएपछि पछिल्लो समयमा गाउँ घरमा नेता तथा कर्याकर्ताहरुो चहलपहल सुरु भएको छ ।

अहिले सबै पाटीका कार्यकर्ताहरुले आम सर्वसाधारणहरुलाई पाटी प्रवेश तथा आफ्नो पाटी राम्रो र सबैको मनमा बस्न सफल रहेको बताउदै हिड्ने गरेका छन । मोरङ जिल्लाको सबै जसो गाउँ पालिकादेखि नगरपालिकाहरुमा दैनिकी पाटीका कार्यकर्ताहरुले पाटी प्रवेश गराउन होडबाजी नै चलाई रहेको देखिन्छ । 

सोही क्रममा नेपाली काङ्ग्रेसले “घर घर जाओै कांग्रेस जिताओै” अभियान अन्तर्गत मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७ स्थित शुक्रवारेमा कार्यकर्ताहरु भेला गराएका छन । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव मोदराज घिमिरे नगर सभापति जगनाथ मंन्डल, युवा नेता  सन्जिव श्रेष्ठ , अबिषेक अधिकारी , जिल्ला सदस्य  शत्रुधन रजक, मनोज साह लगायतको उपस्थिति समेत रहेको थियो। 

आयोजित कार्यक्रममा सहभागीहरुले आगामी निर्वाचन नेपाली काङ्ग्रेसको मेयरदेखि सबै वडाहरुमा आफ्नो जित हुने बताएका  छन। सन्जिव श्रेष्ठ वडा नम्बर ७ को वडाअध्यक्षको उमेदवारका लागि प्रवल सम्भावना समेत  बडदै गएको छ । उनलाई पाटीका कार्यकर्ता भन्दा पनि असल र ईमानदारको रुपमा सबै पाटी ब्यक्तिहरुले हेर्ने गरेको एक कार्यकर्ताले हिमालीसंचारडटकमसंग बताए। 

उनले आफ्नो लागि भन्दा पनि पाटी र जनता का लागि बर्ष दिनदेखि काम समेत गर्दे आईरहेको र स्थानीयहरुको मनमस्तिकमा आफ्नो पृथक पहिचान राख्न सफल भएका छन । उनले गाउँ घरमा रहेका अति बिपन्न परिवार र गरिव दुखिका लागि आर्थिक सहयोगदेखि अन्य सहयोग समेत गर्दे आईरहेका छन । अब आउने स्थानीय चुनावमा पाटीले श्रेष्ठलाई वडाको टिकट दिए सबै पक्षले बिजय गराउने सुनिश्चित रहेको स्थानीय बताउछन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...