News Portal

मोरङ जिल्लामा चुनावी रौनक, गाउँ-घरमा नेताहरुको चहलपहल शुरु

हिमालीसंचार संवाददाता
२२५ पटक

रबिन्द्र बराल/मोरङ – स्थानीय निकायको निर्वाचन बैशाख ३० गते हुने भएपछि पछिल्लो समयमा गाउँ घरमा नेता तथा कर्याकर्ताहरुो चहलपहल सुरु भएको छ ।

अहिले सबै पाटीका कार्यकर्ताहरुले आम सर्वसाधारणहरुलाई पाटी प्रवेश तथा आफ्नो पाटी राम्रो र सबैको मनमा बस्न सफल रहेको बताउदै हिड्ने गरेका छन । मोरङ जिल्लाको सबै जसो गाउँ पालिकादेखि नगरपालिकाहरुमा दैनिकी पाटीका कार्यकर्ताहरुले पाटी प्रवेश गराउन होडबाजी नै चलाई रहेको देखिन्छ । 

सोही क्रममा नेपाली काङ्ग्रेसले “घर घर जाओै कांग्रेस जिताओै” अभियान अन्तर्गत मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७ स्थित शुक्रवारेमा कार्यकर्ताहरु भेला गराएका छन । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव मोदराज घिमिरे नगर सभापति जगनाथ मंन्डल, युवा नेता  सन्जिव श्रेष्ठ , अबिषेक अधिकारी , जिल्ला सदस्य  शत्रुधन रजक, मनोज साह लगायतको उपस्थिति समेत रहेको थियो। 

आयोजित कार्यक्रममा सहभागीहरुले आगामी निर्वाचन नेपाली काङ्ग्रेसको मेयरदेखि सबै वडाहरुमा आफ्नो जित हुने बताएका  छन। सन्जिव श्रेष्ठ वडा नम्बर ७ को वडाअध्यक्षको उमेदवारका लागि प्रवल सम्भावना समेत  बडदै गएको छ । उनलाई पाटीका कार्यकर्ता भन्दा पनि असल र ईमानदारको रुपमा सबै पाटी ब्यक्तिहरुले हेर्ने गरेको एक कार्यकर्ताले हिमालीसंचारडटकमसंग बताए। 

उनले आफ्नो लागि भन्दा पनि पाटी र जनता का लागि बर्ष दिनदेखि काम समेत गर्दे आईरहेको र स्थानीयहरुको मनमस्तिकमा आफ्नो पृथक पहिचान राख्न सफल भएका छन । उनले गाउँ घरमा रहेका अति बिपन्न परिवार र गरिव दुखिका लागि आर्थिक सहयोगदेखि अन्य सहयोग समेत गर्दे आईरहेका छन । अब आउने स्थानीय चुनावमा पाटीले श्रेष्ठलाई वडाको टिकट दिए सबै पक्षले बिजय गराउने सुनिश्चित रहेको स्थानीय बताउछन् । 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...