News Portal

खोटाङको जन्तेढुंगा गाउँपालिकामा मुठभेद निम्त्याउँदै गठबन्धन र एमाले

व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण , कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन

हिमालीसंचार संवाददाता
२७८ पटक

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा नेपाली कांग्रेसका नेतामाथि आक्रमण भएको बिरोधमा गठबन्धन दलले बन्द आव्हान गरेको छ । बुधबार राती ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्वद्ध कार्यकर्ताले नेपाली कांग्रेसका नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आव्हान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञाप्तीमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यपार–व्यवसाय, संघसंस्था बन्द गर्न आव्हान गरेका थिए ।

नेकपा एमाले सम्वद्ध युवाले नियोजित रुपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोत्तल प्रहार गरेर शक्त घाइते बनाएको नेपाली कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले हिमालीसंचारडटकमसंग बताए । बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

नेकपा एमाले सम्वद्ध चासुम राई, मिलन राईलगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति बिष्टले बताएका छन् । उनीहरुले एस्काभेटर चलाउँदै आएका नेपाली कांग्रेस सम्वद्ध तारामान राईसँग सडक निर्माण योजनावापत १५ हजार कमिसन मागेको बिष्टको भनाई छ । नेकपा एमाले र  नेपाली कांग्रेस सम्वद्ध युवा बसिरहेको ठाउँमा बस्नेतलाई बोलाइएको थियो । स्थानीयका अनुसार उनीहरु मादक पदार्थ सेवन गरेर बसिरहेका थिए ।

नेकपा एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आवद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलको ठहर छ ।

नेकपा एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञाप्तीमा जनाइएको छ । विरोधमा गठबन्धन दलले संयुक्त विरोधसभा गर्ने तयारी गरेको छ । 

व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण:

नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले विज्ञाप्ती जारी गर्दै जाँड खानेक्रममा केही व्यक्तिबिचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनैतिक रंग दिएर एमालेप्रति घृणा र द्धेश फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।

नेकपा एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञाप्तीमा एमालेको कार्यालय भवन शिलान्यास लगायतका कार्यक्रमलाई प्रभावित बनाउनेगरी बन्द हड्ताल गरेर स्थानीय नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।

कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन:

गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । गाउँपालिकामा बन्द गर्ने र बन्द गर्न नदिने पक्षका मुठभेदको अवस्था सिर्जना हुनसक्ने खतरा बढेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...