News Portal

यो गठबन्धन तीनै तहको चुनावसम्म रहन्छ, अन्य दलहरूलाई उचित स्थान दिइन्छ: प्रधानमन्त्री देउवा

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका छन्।

सत्तारूढ गठबन्धनका दलहरूबीच नै चुनावी तालमेल हुने तनहुँ कांग्रेसले दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बताएका हुन् । पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लैजानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताएका हुन्। 

‘स्थानीय चुनावमा मात्र नभई प्रदेश र प्रतिनिधि सभा चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ तनहुँ कांग्रेसले दमौलीमा गरेको कार्यक्रममा आज प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्र बचाउन गठबन्धनका दलले योगदान गरेका छन्।’

प्रधानमन्त्री देउवाले विस २०७९ वैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसलाई जिताउन पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा पनि जोड दिएका थिए। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...