News Portal

देउवाले नडोर्याउला की भन्ने त्रास प्रचण्ड–नेपाललाई, ओलीसँग मिल्न पुग्ने हुन् की भन्ने त्रास देउवालाई !

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं। गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी। स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित ५ दलको गठबन्धन बनेको थियो। एमसीसी अनुमोदन गर्ने निर्णयसँगै यो टिमबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। आगामी चुनावसम्म चार दल मिलेर अघि बढ्लान् कि नबढ्लान् भन्नेमा अन्योल कायमै छ।

सिंहदरबारको चाबी कांग्रेसलाई सुम्पेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ। सहकार्य टुट्ने त्रासकै कारण उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न साथ दिए। तर, कांग्रेसले साथ लिएरै चुनावमा जानेमा ढुक्क देखिँदैनन्। ​

भित्रीरूपमा काँग्रेस गठबन्धनको पक्षमा छैन। तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन। देउवाले दाहाल र नेपाललाई ‘लतारेर’ एमसीसी अनुमोदनमा सहमत गराए। निर्वाचनमा त्यसरी नै लैजान चाहन्छन् देउवा। दाहाल र नेपाललाई एमालेसँग नजिक हुन नदिने रणनीति देउवाको छ।​ यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...