News Portal

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले हो – धवलशमशेर राणा

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन्। नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “म दुईचोटि मेयर भइसकें। १० वर्ष चलाइसकें। म अब बाँके क्षेत्र नं २ मा संघीय संसद्को सांसदको उम्मेदवार हुने हो। राजासहितको हिन्दु राष्ट्र बनाउने हो। म के मानेमा खुसी छु भने मेरो काममा पार्टी, जनता, बोर्ड, कर्मचारी कसैको विरोध र अवरोध भएन। एउटा पनि तालाबन्दी र होहल्ला भएन। कसैले नोट अफ डिसेन्ट लेखेन।”

तपाईंको पार्टी फुटिसक्यो, राजासहितको हिन्दु राष्ट्र कसरी बनाउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा मेयर राणाले भने, “एक जना नेता निक्लेर राप्रपालाई केही फरक पर्दैन। राप्रपा नेपालमा कमल थापाको निकट भनिएका मानिस समेत गएका छैनन्। उहाँले एउटा महाधिवेशनमा हारेपछि राजसंस्था छाड्नुभएको सुनिएको छ। कमल थापालाई यहाँसम्म ल्याइदिएको राजसंस्थाले होइन ? हाम्रो पार्टीमा कति जनलहर छ भन्ने अस्ति नेपालगन्जमा भएको आमसभाले पुष्टि गरिसक्यो। यस्तो सभा विगत ५ वर्षमा पनि भएको थिएन।”

राप्रपा महामन्त्री राणाले आफ्नो पार्टीले वर्तमान संविधान पूर्ण रुपमा अस्वीकार गरेको पनि स्पष्ट पारे। उनले भने, “संविधानमा परिवर्तन गर्न सकिन्छ। सके जनमतबाट परिवर्तन गरौंला, नसके सडकबाट गरौंला। हाम्रो त एजेन्डा नै राजासहितको हिन्दु राष्ट्र हो।”

राप्रपा अरु कसैसँग गठबन्धन नगरी एक्लै लड्न पनि सक्षम रहेको दाबी राणाले गरे। उनले थपे, “प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनावमा गठबन्धन कायमै रहन्छ भनेपछि हाम्रो गठबन्धन बाँकी रहेका पार्टीसँग हुनसक्छ, एमालेसँग पनि हुन सक्छ। अरुले गठबन्धन नगरे हामी पनि गर्दैनौं। गरे हामी पनि गर्छौं। राजनीतिमा सबै सम्भावनाको ढोका खुलै राख्नुपर्छ।”

आफ्नो ५ वर्षे कार्यकालमा नेपालगन्जमा भ्रष्टाचार जिरो भएको पनि उनले उद्घोष गरे। राणाले भने, “नेपालगन्जमा भ्रष्टाचार जिरो छ। यो भ्रष्टाचारविहीन सहर भएको छ। लाग्ने शुल्कबाहेक बढी कसैले लियो भन्न न मिडियामा आयो, न मलाई भन्न आयो। भ्रष्टाचारको कुनै काण्ड भएनन्। समग्रमा त्यस्तो सुनिएको छैन। नत्र भ्रष्टाचारको लुक्दैन। केही उजुरी परे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठहर गर्न सकेन। ठेक्का नपाएका, आफ्नो घरको बाटो राम्रो भएन भनेर कसैले उजुरी हालेका हुन सक्छन्।”

कार्यक्रममा उनले नेपालगन्ज उपमहानगरपालिकामा भएका विकासका फेहरिस्त पनि दिए। उनले भने, “मेरो कार्यकालमा गर्नुपर्ने जति सबै भौतिक पूर्वाधार निर्माण भए। सय किलोमिटर रोड बनायौं। चारतिरबाट बाटो बनेको छ। सबै टोलका सडक पिच छन्। ४० वटा हाई मास्ट बत्ती राखेर उज्यालो बनाएका छौं। सरसफाई राम्रो छ। ४०/५० वर्षका लागि ल्यान्डफिल साइट बनाएका छन्। बसपार्क र एयरपोर्ट पनि राम्ररी चलेका छन्। २५ र १२ बिघाका ठूलाठूला पार्क बनाएका छौं। ५ हजार विरुवा लगाएर हुर्किसकेको अवस्था छ। पर्दा र घुंघटमा रमाउने मुस्लिम र मधेसी समाजमा कन्या स्कुल र कलेज बनाएका छौं। यसलाई नेपालगन्जमा आमूल परिवर्तन भन्ने कि नभन्ने ? यसबारे तपाईंले जनतालाई सोध्नुस् न।”

उनले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा मानसरोवर, तातोपानी, रसुवागढी नाका खोल्ने सम्बन्धमा कुरा गर्नुपर्ने औंल्याए। उनले भने, “हामी उहाँको भ्रमणलाई स्वागत गर्छौं। हामीले नाका खोल्ने विषयमा कुरा उठाउनुपर्छ र चीनको सकारात्मक जवाफ नै आउला। यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ समधुर हुने विश्वास लिएको छु।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...