News Portal

स्थानीय तहमा कांग्रेसको अवस्थाबारे देशभर सर्कुलर

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन्।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ। वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ।

संरचनालाई निर्देशन दिइएको छ। पेशा व्यवसाय अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरुको तथ्यांक राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ।

स्थानीय तहलाई आफैं घोषणापत्र बनाउन निर्देशन दिइएको छ। साथै, कांग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ। आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...