News Portal

सांसदका लागि आवास बनाउने तयारी

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं। सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ। आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ।

सांसदका लागि शहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भक्तपुरको सानोठिमीमा रहेको नेपाल राष्ट्र बैंकको करिब ७६ रोपनी जग्गामा संयुक्त आवास निर्माणको प्रस्ताव गरेको छ।

आयोजनाले धेरै भवन निर्माण गर्दा खर्च धेरै लाग्ने भएकाले चारवटा अपार्टमेन्ट निर्माणको अवधारणा अघि सारेको छ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले सांसद आवासका लागि प्रारम्भिक डिजानको काम सम्पन्न गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाइएको बताउनुभयो ।

हाल प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ६० जना गरी ३ सय ३५ जना संघीय सांसद रहेका छन्। आवासमा सभा हल, हरियाली पार्कसहितका आधारभूत सेवा सुविधा रहने गरी डिजाइन गरिएको छ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले चार सय युनिट रहने गरी बनाइने उक्त आवासको एउटा अपाटेमेन्ट दस तलाको हुने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभासभा र राष्ट्रिय सभाका सांसदलाई एकै ठाउँमा राख्ने गरी आवासको डिजाइन गरिएको छ, फाइल मन्त्रालय पुगेको छ।’ यो खबर आजको नेपालसमाचारपत्रमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...