News Portal

नारी बिनाकाे पुरुष र पुरुष बिनाकाे नारीकाे अस्तित्व

सुजन कडेल
४४३ पटक

काठमाडौँ। ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नारी जातीकाे उत्थान र विकासका बारेमा अनेकौं बहस र चर्चा भएकाे पाइन्छ। नारी र पुरुष बिच अनावश्यक रुपमा तुलना गरि नारी जातीलाइ कमजोर बनाइ पितृसत्तात्मक साेचलाइ बढावा दिएकाे पाइन्छ। वर्षमा एकपटक आउने नारी दिवसमा मात्र नारी माथिको चर्चा र विश्लेषणले स्वयम् नारीकै अपमान भएकाे महशुस गरिएकाे छ।

नारी बिनाको पुरुष र पुरुष बिनाकाे नारी अस्तित्व कल्पना भन्दा परकाे विषय हाे। नारीले नारी हुनुकाे गर्व गरि पुरुष जातिमा सम्मान, सहकार्य र समानतामा ध्यान दिनुपर्छ भने पुरुषले पुरुष हुनुकाे घमण्ड नगरी नारीकाे त्याग, बलिदान र सहयाेगकाे कदर गर्नु आजकाे आवश्यकता हाे। हामी नारी र पुरुष बिनाको अझै भनाैं नारी र पुरुषको सहकार्य र एकता बिनाकाे समतामूलक समाज निर्माणकाे परिकल्पना समेत गर्न सक्दैनाै।

नारीले घरकाे परिधिभित्र मात्र सिमित रहि आफ्ना क्रियाकलापमा संलग्न हुनुपर्छ भनि साेच्नु एउटा गलत मानसिकताको उपज हाे। समय, परिवेश, घटना, परिघटना र भाेगाइले नारीलाईसमेत परिपक्व र मजबुत बनाउदै लगेकाे सन्दर्भमा नारी माथिको शाेषण र अत्याचारलाई निर्मुल गर्नु पर्दछ। नारीले नारीनै भएकाे कारण आफ्ना अधिकारबाट कुण्ठित गरिनु हुदैन।

नारीले आफुलाई कमजोर महशुस गरि पुरुषभन्दा कम जिम्मेवार ठान्नु र सदैब आफुलाइ पुरुषको लक्ष्य प्राप्ति र सफलताको कडि मात्र रहि निष्कृय भुमिकामा जिवनयापन गर्न खाेज्नु आफैमा गलत हाे।

नारीलाइ उनको सम्पूर्ण हक अधिकार सुनिश्चित गरि समतामूलक समाजकाे निर्माण गर्नु आजकाे आवश्यकता हाे। जसमा नारीले अधिकारकाे मात्र दाबी नगरि आफ्नो जिम्मेवारीसमेत कुशलतापुर्वक निभाउनूपर्ने हुन्छ।

मलेखु, धादिङ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...