News Portal

नारी बिनाकाे पुरुष र पुरुष बिनाकाे नारीकाे अस्तित्व

सुजन कडेल
३८३ पटक

काठमाडौँ। ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नारी जातीकाे उत्थान र विकासका बारेमा अनेकौं बहस र चर्चा भएकाे पाइन्छ। नारी र पुरुष बिच अनावश्यक रुपमा तुलना गरि नारी जातीलाइ कमजोर बनाइ पितृसत्तात्मक साेचलाइ बढावा दिएकाे पाइन्छ। वर्षमा एकपटक आउने नारी दिवसमा मात्र नारी माथिको चर्चा र विश्लेषणले स्वयम् नारीकै अपमान भएकाे महशुस गरिएकाे छ।

नारी बिनाको पुरुष र पुरुष बिनाकाे नारी अस्तित्व कल्पना भन्दा परकाे विषय हाे। नारीले नारी हुनुकाे गर्व गरि पुरुष जातिमा सम्मान, सहकार्य र समानतामा ध्यान दिनुपर्छ भने पुरुषले पुरुष हुनुकाे घमण्ड नगरी नारीकाे त्याग, बलिदान र सहयाेगकाे कदर गर्नु आजकाे आवश्यकता हाे। हामी नारी र पुरुष बिनाको अझै भनाैं नारी र पुरुषको सहकार्य र एकता बिनाकाे समतामूलक समाज निर्माणकाे परिकल्पना समेत गर्न सक्दैनाै।

नारीले घरकाे परिधिभित्र मात्र सिमित रहि आफ्ना क्रियाकलापमा संलग्न हुनुपर्छ भनि साेच्नु एउटा गलत मानसिकताको उपज हाे। समय, परिवेश, घटना, परिघटना र भाेगाइले नारीलाईसमेत परिपक्व र मजबुत बनाउदै लगेकाे सन्दर्भमा नारी माथिको शाेषण र अत्याचारलाई निर्मुल गर्नु पर्दछ। नारीले नारीनै भएकाे कारण आफ्ना अधिकारबाट कुण्ठित गरिनु हुदैन।

नारीले आफुलाई कमजोर महशुस गरि पुरुषभन्दा कम जिम्मेवार ठान्नु र सदैब आफुलाइ पुरुषको लक्ष्य प्राप्ति र सफलताको कडि मात्र रहि निष्कृय भुमिकामा जिवनयापन गर्न खाेज्नु आफैमा गलत हाे।

नारीलाइ उनको सम्पूर्ण हक अधिकार सुनिश्चित गरि समतामूलक समाजकाे निर्माण गर्नु आजकाे आवश्यकता हाे। जसमा नारीले अधिकारकाे मात्र दाबी नगरि आफ्नो जिम्मेवारीसमेत कुशलतापुर्वक निभाउनूपर्ने हुन्छ।

मलेखु, धादिङ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...