News Portal

धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
३५४ पटक

धनगढी। गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा बिहीबार एक कार्यक्रम गरेर हमालले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित हमालले ‘धनगढी मोडल’ बनाउन फेरि स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए। ‘मेयरमा जितेँ भने धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ लिने छैन,’ हमालले भनेका छन्, ‘सरकारी गाडी पनि चढ्दिनँ। मेयरको कुनै सुविधा चाहिँदैन। धनगढीलाई नमुना बनाउन काम गर्छु।’

हमालले अहिले व्यापक भ्रष्टाचार रहेको बताउँदै आफूले त्यसलाई हटाएर सामाजिक कल्याकारी काममा सक्रिय हुने बताए। उनले मेयरमा आफू यो अन्तिम पटक लड्न लागेको बताए। ‘मलाई यो सबै धनगढी र सुदूरपश्चिमले दिएका हुन्’, उनले भने, ‘मलाई यो माटोले धेरै थोक दिएको छ। अब म पाँच वर्ष धनगढीको सेवामा तल्लीन हुन चाहन्छु।’

हमालको घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि सहभागी थिए। उनले ‘धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा साथ दिने बताए।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...