News Portal

धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
४११ पटक

धनगढी। गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा बिहीबार एक कार्यक्रम गरेर हमालले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित हमालले ‘धनगढी मोडल’ बनाउन फेरि स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए। ‘मेयरमा जितेँ भने धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ लिने छैन,’ हमालले भनेका छन्, ‘सरकारी गाडी पनि चढ्दिनँ। मेयरको कुनै सुविधा चाहिँदैन। धनगढीलाई नमुना बनाउन काम गर्छु।’

हमालले अहिले व्यापक भ्रष्टाचार रहेको बताउँदै आफूले त्यसलाई हटाएर सामाजिक कल्याकारी काममा सक्रिय हुने बताए। उनले मेयरमा आफू यो अन्तिम पटक लड्न लागेको बताए। ‘मलाई यो सबै धनगढी र सुदूरपश्चिमले दिएका हुन्’, उनले भने, ‘मलाई यो माटोले धेरै थोक दिएको छ। अब म पाँच वर्ष धनगढीको सेवामा तल्लीन हुन चाहन्छु।’

हमालको घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि सहभागी थिए। उनले ‘धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा साथ दिने बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...