News Portal

माधव नेपाल गठबन्धन तोडिनु नहुने लाइनमा, पूर्वनिर्धारित कार्यक्रम छाडेर फर्किए काठमाडौँ

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौँ। राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन्।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका हुन्।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौँ आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए। उनीहरु हिजो धनगढीमा आयोजित युवा सङ्घ र महिला सङ्घको कार्यक्रममा सहभागी थिए।

आज माधव नेपाल पार्टीको बुद्धिजीवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो। काँग्रेसले गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिरहँदा माधव नेपाल भने अझै गठबन्धन तोडिनु नहुने लाइनमा छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...