News Portal

एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौं। संसद् अवरोध हटाई एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल हुने भएको छ। एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो।

दिउँसो १ बजे बस्ने बैठकअगावै दुई दलबीच छलफल हुने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए। हिजो भएका छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको थियो। गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको साथ खोजिरहेका छन्।

‘संसद अवरोध हटाउने विषयमा छलफल भइरहेको छ। हिजोको सहमतिका लागि भएको छलफलले आजको संसद् बैठकअघि पनि निरन्तरता पाउँछ,’ एमाले नेता सुवास नेम्वाङले भने, ‘तर कुनै सहमति भने भइसकेको छैन।’

हिजोको छलफलमा भने एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही वा, सभामुख हटाउनुपर्ने अडान दोहोर्‍याएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...