News Portal

एमसीसीको विपक्षमा माओवादी खोज्यो एमालेको साथ किन?

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ।संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए।                                    बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका थिए। तर ओलीले आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन्।

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसद अवरुद्ध गर्दै आएको छ।छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रतिनिधिसभामा एमालेले गरिराखेको अवरोध खुलाउने विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई प्रतिक्रिया दिए।

बिहीबार दुबै पक्षबाट धारणा राख्ने काम मात्र भएको र छलफल निष्कर्षमा नपुगेको उनले बताए।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमसीसी संसदको गतिरोधलगायतका विषयमा छलफल भएको पत्रकारहरुलाई बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...