काठमाण्डौ – सत्ता गठबन्धन एमसीसी टेबल गर्न सहमत भएको छ। आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमत भएको हो। गठबन्धनमा सहमति भएको छ।अव एमसीसी टेबल हुन्छ।बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएको छ।
अव एमसीसी टेबल हुन्छ। बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए। प्रचण्डले एमसीसी संसदमा टेबुल गर्न असहमति राख्दै आएकोमा यसपटक भने उनी पनि सहमत भएका छन्। अर्थात् प्रचण्डले जनतालाई धाेका दिएका छन्।
गठबन्धनको बैठकमा निर्णयपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ। तर एमसीसी टेबल भएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने नसघाउने बताइएको छ । तर यो सबै बाहिरको आक्रोश शान्त पार्नका लागि मात्रै नेताहरुले नाटक गरिरहेको बिश्लेषकहरुको बुझाई छ।