News Portal

  • एमसीसीमा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक

    हिमालीसंचार संवाददाता
    २९६ पटक

    काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल हुनेछ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले संसद् बैठक अघि आज फेरि छलफल हुन लागेको हो।

    हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गरेका थिए।

    उनले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गरेका छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन्।

    अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइ सकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ। प्रधानमन्त्री देउवाले बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...