News Portal

सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ।कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

भोलि बोलाइएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटकका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही दुविधाहरु बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै छ।
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने बताएका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नभइ अनुमोदन गर्न नसकिने बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसले पुरानो सहमतिबाट माओवादी पछि हटेको आशंका गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...