News Portal

  • प्रधानमन्त्री देउवालाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए ।

    प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्डनिकट नेताले बताएका छन् ।

    ‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिंदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने ।

    प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ । जवाफमा प्रधानमन्त्री देउवाले सभामुखसम्म सन्देश पुर्‍याउने बताएका ती नेताले बताए ।

    प्रधानमन्त्री देउवाले भने: संसदमा पेश गर्न दिनुस्: छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन आग्रह गरेका थिए । एमसीसी संसदमा लैजाँदैमा गठबन्धन नटुट्ने पनि उनले बताए ।

    ‘एमसीसी संसदमा टेबुल हुँदैमा गठबन्धन टुट्दैन । बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस् वा उपस्थित भएर के गर्नुहुन्छ त्यो निर्णय आफैं लिनुस् । तर, संसदमा टेबुल गर्नुपर्‍यो’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए। एमसीसी टेबुल गरेपछि बाँकी प्रक्रिया रोक्ने वा नरोक्ने जे का लागि पनि आफू तयार रहेको देउवाको भनाइ छ ।

    ‘टेबुल गर्ने दिन उपस्थित हुने वा नहुने ? पास वा फेलको प्रक्रियामा जान दिने वा नदिने ? यसमा हामी संयुक्त वा स्वतन्त्र दुवै ढंगले निर्णय गर्न सक्छौं’ देउवाले प्रस्ताव छ, ‘यही कारण गठबन्धन टुट्दैन, म यसमा प्रतिबद्ध छु ।’

    ‘जबर्जस्ती गरे चुनाव बिथोलिन्छ’: प्रधानमन्त्री देउवाको आग्रहलाई प्रचण्ड र नेपालले भने अस्वीकार गरेका छन् । उनीहरुले स्थानीय तह निर्वाचनअघि एमसीसी अगाडि बढाउन नहुने अडान दोहोर्‍याए । नेताहरुका अनुसार माधव नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे आगामी वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने बताए ।

    ‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा चुनावी वातावरण बिथोलिन्छ । तोकिएको मितिमा चुनाव नहुन सक्छ । यसका लागि तपाईं तयार हुनुहुन्छ?’ प्रधानमन्त्री देउवालाई माधव नेपालले सोधेका थिए । तर, देउवाले माधव नेपालको यो प्रश्नको जवाफ भने दिएनन् । बरु आफ्नो मनसाय गठबन्धन भत्काउने नभएको भन्दै भूराजनीतिक दबावलाई अन्यथा नलिइदिन आग्रह गरेका थिए ।

    माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढाउनेबित्तिकै पनि चुनावी वातावरण असहज बन्ने बताएका थिए। जनतामा एमसीसीबारे गडेको चुरो निकाल्नका लागि थप प्रष्टता आवश्यक रहेको र त्यो प्रष्टता चुनाव अगाडि संभव नरहेको भन्दै उनले एमालेलाई साथमा लिएर एमसीसीलाई चुनाव पछाडि लैजानु नै उपयुक्त विकल्प रहेको दोहोर्‍याएका थिए। 

    ‘तपाईंले विपक्षीसँग कुरा गरेर एमसीसीलाई चुनाव पछाडि लैजाने वातावरण बनाउनेतिर ध्यान दिनु उपयुक्त देख्छु’ प्रचण्डले भनेको उनको ब्रिफिङ सुनेका एक नेताले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...