News Portal

नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलले मंगलबार सातवटै प्रदेश कमिटीहरूलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ। महासचिवको पत्रमा पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने भएका छन्।

एमालेले सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक संगठनात्मकलगायतका विषयहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बताएको छ। प्रशिक्षणमा स्थानीय तहमा पार्टीको पाँच वर्षे उपलब्धि र अनुभवहरू, निर्वाचनमा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरू समावेश गरिने भएको छ।

एमालेले फागुन १ र २ गते प्रदेश नं १ को विराटनगरमा, फागुन ३ र ४ मधेस प्रदेशको जनकपुर, फागुन ६ र ७ वागमती प्रदेशको काठमाडौं, फागुन ८ र ९ गण्डकी प्रदेशको पोखरा, फागुन ११–१२ लुम्बिनी प्रदेशको बुटवल/दाङ, फागुन १४ र १५ कर्णाली प्रदेशको सुर्खेत र फागुन १६–१७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...