News Portal

धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि हर्क साम्पाङको उम्मेदवारी दिने धोषणा

हिमालीसंचार संवाददाता
३५४ पटक

अविन मावो/धरान –  सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै धरानका सामाजिक युवा अभियन्ता हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको नगर प्रमुखको लागि आफ्नो उम्मेदवारी दिने सामाजिक संजाल फेसबुक मार्फत धोषणा गरेका छन् ।

उनी राष्ट्रिय एकता समाजका संस्थापक नेता समेत रहेका हर्क साम्पाङ राईले धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि आफुले उम्मेदवारी दिने बताएका हुन् ।

नेपाल सरकारले वैशाख ३० गतेमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहौल बढेको छ । दलीय हिसाबमा चुनावी जोड घटाउन सुरु भएको समयमा साम्पाङले चुनावी तयारी थालेका हुन् ।

यस अघि पनि मेयर पदमा पराजित उनी पुनः चुनावी दौडमा देखिने भएका छन् । फेसबुक मार्फत जानकारी गराएका उनले सबैभन्दा अगाडी धरान उपमहानगरपालिका धरानका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको घोषणा सँगै धरानमा चुनावी माहौल समेत गर्माएको छ । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...