News Portal

धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि हर्क साम्पाङको उम्मेदवारी दिने धोषणा

हिमालीसंचार संवाददाता
२९९ पटक

अविन मावो/धरान –  सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै धरानका सामाजिक युवा अभियन्ता हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको नगर प्रमुखको लागि आफ्नो उम्मेदवारी दिने सामाजिक संजाल फेसबुक मार्फत धोषणा गरेका छन् ।

उनी राष्ट्रिय एकता समाजका संस्थापक नेता समेत रहेका हर्क साम्पाङ राईले धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि आफुले उम्मेदवारी दिने बताएका हुन् ।

नेपाल सरकारले वैशाख ३० गतेमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहौल बढेको छ । दलीय हिसाबमा चुनावी जोड घटाउन सुरु भएको समयमा साम्पाङले चुनावी तयारी थालेका हुन् ।

यस अघि पनि मेयर पदमा पराजित उनी पुनः चुनावी दौडमा देखिने भएका छन् । फेसबुक मार्फत जानकारी गराएका उनले सबैभन्दा अगाडी धरान उपमहानगरपालिका धरानका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको घोषणा सँगै धरानमा चुनावी माहौल समेत गर्माएको छ । 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...