News Portal

कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं। राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन्। उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए।

पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे।‘हामी त मिलाउन लागिपरेका थियौँ। आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’,उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन।’

उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे।‘यही राप्रपामा ३१ वर्ष बिताएँ। उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’,पाठकले भने।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...