News Portal

कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं। राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन्। उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए।

पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे।‘हामी त मिलाउन लागिपरेका थियौँ। आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’,उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन।’

उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे।‘यही राप्रपामा ३१ वर्ष बिताएँ। उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’,पाठकले भने।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...