News Portal

पार्टी सदस्य नै नरहेका व्यक्तिले कारबाही गर्‍यो भन्नुको अर्थ छैन: गोपाल किराती

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – माओवादी कम्युनिष्ट पार्टीका अध्यक्ष गोपाल किरातीले आलोक रायमाझीले गरेको भनेको कारबाहीले आफूलाई कुनै फरक नपर्ने बताएका छन्।

रायमाझीले मंगलबार पत्रकार सम्मेलन गरेर किरातीलाई कारबाही गरेको दाबा गरेका थिए। यहाँलाई रायमाझी पक्षले कारबाही गरेको हो भन्ने प्रश्नमा किरातीले भने, “उनी मेरो पार्टीमा केन्द्रीय सदस्य थिए, स्पष्टीकरण नदिएपछि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेका छौं। पार्टी सदस्य नै नरहेकाले गरेको कारबाहीको के अर्थ?”

रायमाझीले तोकेको जिम्मेवारी पूरा नगर्दा निर्वाचन आयोगले पार्टीलाई २० हजार जरिवाना गरेको र त्यही विषयमा स्पष्टीकरण नदिएपछि निष्कासन गरिएको किरातीले बताए। उनले भने, “निर्वाचन आयोगबाट २० हजार जरिवाना परेको जानकारी आएपछि स्पष्टीकरण मागेका हौं।”

माओवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवालद्वारा जारी विज्ञप्तिमा ‘२० माघ २०७८ भित्र स्पष्टीकरण दिन भनिएकोमा जानाजान सो निर्देशन अवज्ञा गरेको हुँदा बुटवलस्थित केन्द्रीय सचिवालयको निर्णय र पार्टी विधान अनुसार रायमाझीको पार्टी सदस्यता स्वतः समाप्त’ भएको उल्लेख छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...