News Portal

हाम्रो लोकप्रियताले आत्तिएका दलाल पुँजीवादिका एजेन्टको कु-प्रचार मात्र हो – प्रकाण्ड

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुरा सोच्न पनि नसकिने बताउदै आफ्नो पाटीको लोकप्रियताले आत्तिएका दलाल पुँजीवादी तत्वका एजेन्टको कु-प्रचार रहेको बताएका छन् ।

नेकपा एमाले पाटीमा जाने कुरालाई साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कु-प्रचार भएको पनि उनले टिप्पणी गरेका छन्। विप्लव नेतृत्वको नेकपानिकट अनलाइन ईरातोखबरसँगको कुराकानीका क्रममा उनले आफूसँग जोडेर आएका समाचारमा कुनै सत्यता नभएको पनि बताएका छन्। 

‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो। योबारेमा सोच्न पनि सकिँदैन,’ उनले अगाडि भनेका छन्। नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले त्यो सफलताबाट आत्तिएका साम्राज्यवादी र दलाल पुँजीवादीका एजेन्टको कु-प्रचार मात्रै भएको टिप्पणी गरेका थिए। 

‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ’, उनले भनेका छन्, ‘यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टको कु-प्रचार मात्र हो। यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु।’ भनेका छन्। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...