News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङ जिल्लाका विभन्न नगरमा भ्रष्टाचार बढेका कारण विपक्षदलको ज्ञापन पत्र

    हिमालीसंचार संवाददाता
    १४१ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको बिभिन्न नगरपालिकाहरुमा प्रतिपक्षी पार्टी तथा कार्यकर्ताहरुले नगर प्रमुखलाई धमाधम ज्ञापनपत्र बुझाउन थालेका छन ।

    स्थानीय निकायको कार्यकाल समय बित्दै जाँदा प्रतिपक्षीहरुको बुद्धिको बिर्को खुल्न थालेको छ । ५ बर्षको अबधिमा नगरपालिका भित्र सबै काम राम्रो देखेका प्रतिपक्षीका नेता तथा कार्यकर्ताहरु अहिले आएर नगर भित्रमा रहेको बेतिथि तथा भ्रष्टाचार बडेको देख्न थालेका छन । 

    बिगत चार बर्ष अगाडि बिपक्षीमा रहेका पार्टीका कार्यकर्ताहरुले नगरपालिका भित्रको याेजनामा सकड बनाउनेदेखि माटोको भरोट हाल्ने काम समेत पाएका थिए । नगरपालिकाहरुले अनलाइन मार्फत ठेक्का प्रकृया सुरु गरेपछि बिपक्षी कार्यकर्ताहरुले काम नपाए पछि ४ बर्षपछि आएर नगरपालिकामा बेथिति बढेको र भ्रष्टाचार बढेको देख्न थालेका हुन।  

    जनताको हकहित र नगरबासिका लागि राम्रो होस भन्ने धारणा भएको भए बिपक्षीका पार्टी तथा कार्यकर्ताहरुले स्थानीय निकायमा निर्वाचित भएर आएकै समयदेखि नै समय समयमा जनता सामु गएर नगरपालिकाले गरेको भ्रष्टाचार र बेथितिका बारेमा  किन बोल्न नसकेको होला ?

    यदि सोही समयदेखि नगरपालिकाहरुलाई ज्ञापनपत्र बुझाएको भए आजको दिनसम्म आईपुग्दा सबै पक्षका सर्वसाधारणहरुले साथ र सहयोग अवस्य गर्ने थिए । केही दिन अगाडि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घाेषणा गरे पछि बिपक्षी दलका नेता तथा कार्यकर्ताहरु जनताको मन जित्ने उद्घेश्यले नगरपालिकाहरुमा गएर ज्ञापनपत्र बुझाउनु कतिको राम्रो काम हो। त्यो सबैले बुझन जरुरी देखिन्छ । 

    साता दिन अगाडि रंगेली नगरपालिकामा नेकपा माआेवादी केन्द्रबाट विस २०७४ सालमा बिजय भएका दिलिप बगडियालाई नेपाली काङ्ग्रेसका नेता तथा कार्याकर्ताहरुले नगरपालिका पुगेर नगरम बेथिति तथा भ्रष्टाचार भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । 

    साता दिन बित्न नपाउदै  सुनवर्सी नगरपालिकामा समेत नेपाली काङ्ग्रेसबाट बिजय भएका काली प्रसाद दासलाई समेत नेकपा एमाले पाटीका नेता तथा कार्यकर्ताहरुले नगरमा चरमा भ्रष्टाचार र बेथिति बढेको भन्दै नगरपालिका पुगेर मेयर काली प्रसाद दासलाई ज्ञापनपत्र समेत बुझाएका छन । 

    यसरी सकृय रुपमा सुरुकै दिन देखि लागि परेको भए आजको दिनसम्म आईपुग्दा सबै नगरवासिको मन मस्तिकमा अबस्य बस्ने थिए हाेला ।  बिपक्षीहरुले सबैलाई सचेत गराउनु राम्रो कुरा हो तर  बिराेध  गर्नु भन्दा पहिले आफ्नो पार्टीका नेताहरु बिजय भएको ठाउँमा समेत अहिलेसम्म के कस्ता बिकास निर्माणका कार्यहरुले गति लिईरहेका छन भन्ने पनि हेर्नु जरुरी देखिन्छ । 

    आफ्नो आँङको झिगा नदेख्ने तर अरुके आँङको झिगा खाेज्ने प्रबिधिले सबैमा निरास तुल्याएको छ । स्थानीय बासिन्दाहरु समयमै सबै जागरुक हनु अति आवश्यक देखिन्छ । ज्ञापनपत्र मात्रै बुझाएर नगर भ्रष्टाचार मुक्त हुदैन सबैले आफ्नो ठाउँबाट एक जुट भए मात्रै केही राम्रो काम गर्ने सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १७, २०८२ (अप्रिल ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...

    एनआरएन अभियन्ताहरूको अपिल : तोकिएको समयमा नै महाधिवेशन गर्न जोड

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट...

    आजको राशिफल

    आज वैशाख १६, २०८२ (अप्रिल २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...