News Portal

बालुवाटार बैठक: देउवा र प्रचण्डको मत बाझियो, ओली आफ्नै अडानमा

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। आइतबार बालुवाटारमा २ घन्टाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा छलफल भएको छ।

छलफलको सुरुवातमै प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए। तर, माओवादी अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पछि मात्र अघि बढाउन आग्रह गरे।

प्रधानमन्त्री देउवा भने एमसीसीबारे चाँडै निर्णय गर्नुपर्नेमा देखिन्थे। यद्यपि, सत्तासाझेदार दल माओवादीका अध्यक्ष प्रचण्डले यस विषयमा स्थानीय चुनावपछि मात्र अघि बढ्नुपर्ने भनेका छन्।

एमाले अध्यक्ष ओलीले भने यसअघिकै आफ्नो अडान राखेका छन्। उनले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका छन् भने संसद अवरुद्धसम्बन्धी सभामुखको कदम सच्चिनुपर्ने उनले बताए।

बैठकमा सहभागी भएका एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीसँग भने, ‘एमसीसीका सन्दर्भमा (प्रचण्ड) प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ।’

महासचिव पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने पनि बताएका छन्। उनले भने, ‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ। सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन। सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन।’

स्थानीय तहको निर्वाचबारे बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेको महासचिव पोखरेलले बताएका छन्। उनका अनुसार प्रधानमन्त्री देउवाले क्याबिनेटले मिति घोषणा गरिनेछ।

संसद अवरुद्धबारे सभामुखको कदम सच्चिनुपर्ने पोखरेलले बताए। उनले भने, ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुपर्‍यो। १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...