News Portal

ओलीको पछि लाग्दा नोक्सानी ब्यहोरेका ठाकुर पुगे बालुवाटार

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका देउवासँग ठाकुरले भेट गरेका हुन्। भेटमा लोसपाका मागका विषयमा कुराकानी भएको बुझिएको छ।

ठाकुरले संयुक्त सरकार बन्ने बेला आफूहरूले मतदान गरेको प्रधानमन्त्री देउवालाई स्मरण गराएका छन्। उनले मधेश आन्दोलनका विभिन्न मागका विषयमा कुरा राखेका थिए। प्रधानमन्त्री देउवाले लोसपा मात्र नभई सबैका मागप्रति आफू सकारात्मक रहेको भन्दै सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निकट रहेका लोसपाका अध्यक्ष ठाकुर केन्द्रीय राजनीतिबाट छायाँमा परेका छन्। ओलीको पिछलग्गु बन्दा ठाकुरले पार्टी विभाजन गर्नु परेको थियो। एमालेका अध्यक्ष ओलीसँगको मायामोह ठाकुरले भुल्न सकेका छैनन्। पछिल्लो पटक राष्ट्रिय सभाको निर्वाचनमा पनि ठाकुरले एमालेसँग चुनावी गठबन्धन गरेका थिए।

तत्कालीन जनता समाजवादी पार्टी नेपाल गुमाएका ठाकुरले लोसपा गठन गरेका छन्। लोसपाभित्र पनि ठाकुर अल्पमतमा छन्। लोसपाका नेता राजेन्द्र महतोले अध्यक्ष ठाकुरलाई तनाब दिएका छन्।

मधेशमा किसान आन्दोलनका नाममा सीके राउतले उत्पात मच्चाएका छन्। ठाकुरको लोसपालाई मधेशमा तनाब भएकाबेला प्रधानमन्त्री देउवासँग भेट गरेर मागका कुरा उठाएका छन्।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...