News Portal

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्ने तयारी

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने विषयमा छलफल हुनेछ। बैठकमा हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षासमेत गर्ने उनले बताए।

त्यसैगरी बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने छ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल गर्ने तयारी छ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ। एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ।

प्रतिकृया दिनुहोस्

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...