News Portal

फुट्यो चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चा

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ। चित्रबहादुर केसी अध्यक्ष रहेको जनमोर्चाबाट एउटा समूह अलग भएको हो।

शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो।

समितिमा तीन जना चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारीलाई उपाध्यक्ष राखिएको छ। महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन्।

यसैगरी सदस्यहरूमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापालगायत छन्।

५१ सदस्यीय केन्द्रीय समितिमा ५ सदस्य पछि केन्द्रीय समितिले पछि मनोनय गर्ने जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...