News Portal

परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न चाहेनः केपी ओली

हिमालीसंचार संवाददाता
३६७ पटक

नबराज राई/ सङ्खुवासभा – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न नचाहेको बताएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न हेलिकप्टर मार्फत आज सङ्खुवासभाको खाँदबारी आएका नेकपा अध्यक्ष ओलीले वर्तमान सरकार परमादेशबाट बनेको दोहोर्याएका हुन् । ओलीले वर्तमान सरकार लुटमारमा लागेको आरोप लगाउँदै पहिले जस्तै स्थानीय निकायलाई फेरी जनप्रतिनिधि विहिन बनाउन लागेको दावी गरे ।

नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई वामपन्थी खोल ओढेको दक्षिण पन्थी पार्टीको संज्ञा दिएका ओलीले एमाले मात्र विकासको लहर ल्याउने पार्टी भएको दावी गरेका थिए । आफ्नो सरकारलाई परमादेशबाट हटाएको ओलीको गुनासो थियो । ओली आफ्नो सरकारले धेरै राम्रा काम गरे पनि षडयन्त्रपूर्वक हटाईएको बताएका थिए । सङ्खुवासभाली जनतालाई रिझाउन प्रयत्न गरेका ओलीले सङ्खुवासभामा रहेको जडिबुटी, जलश्रोत, विकास निर्माणको चर्चा गरे ।

ओलीले निर्माणाधीन ९ सय मेगावाटको अरुण तेश्रो जनविद्युत आयोजना एमालेले शुरु गरेको बताए । विदुसी योगमाया विश्वविद्यालयको स्थापनाका लागि आफूले शुरुवात गरेको स्मरण गराउदै राणा शाषणको बेला पनि योगमाया जस्ता विदुसीले सामाजिक चेतनाको विगुल फुकेकोले पनि अरुण उपत्याका महत्वपूणर् भूमि रहेको ओलीको तर्क थियो । 

कार्यक्रममा एमाले अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु समेत सहभागी रहेका थिए । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतका नेताले स्वागत गरेका थिए। ओलीको सुरक्षार्थ जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सम्बोधन सकेर ओली आजै हेलिकप्टर मार्फत राजधानी फर्किएका छन् । 

खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी-३ कृषि बजारमा हुने कार्यक्रम रहेको छ । उद्घाटनका अवसरमा विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अधिवेशनले एमालेको जिल्ला नेतृत्व चयन गर्नेछन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...