
नवराज राई/संखुवासभा – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न तथा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा आई पुगेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज हेलिकप्टरबाट संखुवासभा सदरमुकाम खाँदबारी आई पुगेका हुन्। अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु समेत रहेका छन्। उनीहरुलाई एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतका नेताले स्वागत गरेका थिए।
खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुने कार्यक्रम रहेको छ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताईएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
