News Portal

देउवाले मेरा एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले समर्थन गरे – प्रकाशमान सिंह

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन्।

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने बताए।

उनले सभापति देउवासँग पार्टी हितविपरीतको कुनै सम्झौता नगरेको स्पष्ट पारे। उनले महाधिवेशनअघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकै कारण निर्वाचनमा आफूमाथि घात भएको बताए।

त्यस्तै, कार्यक्रमका सहभागीहरूले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...