News Portal

देउवाले मेरा एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले समर्थन गरे – प्रकाशमान सिंह

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन्।

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने बताए।

उनले सभापति देउवासँग पार्टी हितविपरीतको कुनै सम्झौता नगरेको स्पष्ट पारे। उनले महाधिवेशनअघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकै कारण निर्वाचनमा आफूमाथि घात भएको बताए।

त्यस्तै, कार्यक्रमका सहभागीहरूले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...