News Portal

  • नेकपा एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    गुल्मी – शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन्। नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पाटी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन् । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पाटी कार्यालयको पक्की भवन रहेको छ ।

    त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पाटीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पाटीबाट अलग भएको छ ।’

    ‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् । मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।

    सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् । जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ । 

    संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन्। मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन्। मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी समेत गरिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...