News Portal

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच पार्टी एकताबारे छलफल

हिमालीसंचार संवाददाता
३९४ पटक

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्।

‘हामीबीच समान विचार छ, पार्टी एकताका विषयमा कुराकानी भएको छ,’ राप्रपा महामन्त्री राणाले सेतोपाटीसँग भने। समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ।

सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राणाले बताए। ‘यो प्रारम्भिक भेट हो, एकताकै लागि गरिएको भेटघाट पनि हो,’ राणाले भने। राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको राणाले बताए।

‘कसरी मिलाउने भन्नेमा समय लाग्न सक्छ,’ राणाले भने। राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन्।

एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...